काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य एवम् पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताकाे निधनमा दुःख व्यक्त गर्नुभएकाे छ ।
बुधबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले महराकी पत्नी सीताको निधनबाट अत्यन्त दु:ख लागेको उल्लेख गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले ट्वीटमार्फत श्रद्धाञ्जली दिनुभएकाे छ ।
प्रधानमन्त्रीले लेख्नुभएकाे छ - ‘प्रतिनिधि सभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ,म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजीसहित सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’


