दुर्गादत्त पौडेल .......
सलुट छ प्रधानमन्त्री ज्यू , अब सगै हिडन सकिँदैन भन्नू भएकोमा किनकी एकता गरेको देश जनताको लागि थियो होला तर आज तीन बर्ष सम्मै मात्र नेता उनिहरु आफै आफै पद र प्रतिस्ठाका कुन्ठले पार्टीको एकतालाई धरापमै पारेका छन । अब पछि नफर्कनु होस एकता सहकार्यमा आउछन स्वगत छ आउदैनन सधै बैठकै भनेकाछन निर्णय आफै मान्दैन फेरि बैठकै भनेकाछन यस प्ररकारको खबरले जनता बाक्क दिक्कछन ।उनका गणितिय हिसाबलाई देश बिदेशका ईमान्दार कार्यकर्ताहरु र जनताले भविश्यमा फैसला गर्नेछन नै बिगतमा बामदेबहरु पनि गणितिय हिसाबमा धेरै थिए ।

प्रचण्डहरु पनि धेरैथिए बाबुरामलाई छाडदा तर जनता र कार्यकर्ताले छाडेको राम्रो अनुभबले पनि देखाईदिएको छ । गलतको गठबन्धन गणितिय हिसाबका बहुमतलाई जनताले बहिस्कार गरेकैछन , उनिहरु सरकार बनेदेखी सरकारप्रति प्रहार गरिरहेकैछन पार्टीको एकताको निर्णय र जिम्मालाई कहिल्यैपुर्ण गराउन लागेनन ,कोरोनाको यस माहामारीमा जनताको सेवामा हैन सधै जनताको चहराई रहेको घाउमा घिउ थपने व्यवस्था बनेको जन्ताले देखेकै छन |

उनीहरु बिषय जे उठान गरेको भएपनि उनीहरुले के कस्तो भुमिका निर्वाहा गरेकाछन ,निर्वाचन हारेकालाई झ्यालबाट कसरी छिराएका छन , यी आदी बिषय आम जनताले नजिकबाट हेरिरहेकैछन , तिनबर्षे उनिहरु जनताको सहयोग बिकाश निर्माणमा भन्दा पनि मन्त्री माग्दै राजदुतमाग्दै उनिहरुकै नातेदार नजिककालाई जागिर मगाउदै बितेको देखेकैछन , नेकपा एमाले भित्र पसेर जेखेल खेलेकाछन यसको समीक्षा समयले गर्नेनै छ ।

798320_101163390065249_1308808892_o

                        लेखक : दुर्गादत्त पौडेल

यसर्थ अब अगाडि बढदा निम्मन बिषयहरु प्रतिज्ञा अगाडि बढनुहोस

१. जन्ताको बहुदलिय जनबाद (नेकपा एमाले )
२. २०४६ साल यताका भ्रष्टाचार सम्बन्धि छानबिन स्वतन्त्र बिज्ञ अधिकर सम्पन्न मार्फत स्थानिय देखि केद्रीय स्थर        सम्मकै छानबिन को प्रतिज्ञगर्नु होस
३.  सघियता को खारेजी स्थानिय सरकार लाई पुर्ण अधिकार 
४. भ्रष्टाचार बलत्कार अनियमिता सम्बन्धित जघन्य अपराधहरु लाई कडाभन्दा कडा सजाय को व्यवस्था कुनै (र)        (तर) ले अपराधिले उन्मुख पाउन नसकुन ।
५ . निर्वाचन प्रणालिलाई पुर्ण सुधारगरि सामान्य नागरीक पनि सजिलै निर्वाचन मा बिना धन दौलत उठन सकोस          खर्चेको प्रणालि र बिथिती लाई कानुन  नियम बनाईयोस ।
६.   बिदेशमा रहेका प्रवासी हरु ले सोही देशबाट मतदान गर्ने अबकै समयमा पाउने गरि कानुन पास गराईयोस ।
७.   लोकसेवा आयोगलाई अन्यभाषा तथा अग्रेजि मा पनि लेख्न पाउने तथा देश बिदेशबाट नेपाली का सन्ततीले          परीक्षा दिन पाउन सकिने जात जातिमाbदक्षता, क्षमतामुखि बनाईयोस अबको एकता रास्ट्रवादी सामाजिक          अभियनताहरु शिक्षित हरुको ब्यापक समर्थन सहित अगाडि बढनु जुटनुहोस |सधैको ल्याङ्र ल्याङ्रमा हैन          देश निर्मणको खाका कोरेर युवा, बिज्ञहरुको समूह भिजन सहित देश निर्माणको प्रतिज्ञा सहित कमजोरी भएको भएमा जनता
बीच माफि माग्दै अगाडि बढनुहोस ,सहमति समझदारी एकतामा जान आउछन , स्वागत गर्नुहोस कुन्ठा र पदकै बार्गेनिंग हटने र हटाउने मा आउछन
बाटो किलियर गर्नु होस , जनताका माथिका आवजलाई पूरा गर्ने हो भने अगाडि बढनुहोस अझै समय धैर्य अपनाउदै सोचेर माथिदेखी तलसम्मकै देश
देखि प्रवास देखि का बिषयहरु लाई मनन गर्दे अगाडि आउनु होस अब बालुबाटारमा बोलाएर हैन देशका जनता संग राय सल्लाहा माग्नुहोस । उचित
निर्णय लिनुहोस अब यूवा पुस्तालाई अगाडि जिम्मादिएर सहयोगी भुमिकामा आफुलाई खडा गर्नु होस गुटहरुको फैसला जनताले गर्नेछन अन्यथा उहीँ
पुरानो बोटल : नबनोस