लेटांग । मोरंगको उत्तरी भेगमा रहेको लेटांगमा कम्युनिष्ट पार्टीका जन्मदाता रामबिनोद सिंहको निधन प्रति नेकपाका बरिष्ठ नेता माधबकुमार नेपालले श्रद्धान्जली ब्याक्त गरेका छन् । वरिष्ठ नेता नेपालले आफनो सामाजिक संजाल फेसबुक मार्फत परिवारजन प्रति पनि समबेदना ब्याक्त गरेका हुन ।
श्रद्धान्जली एवम् समवेदना !
रौतहटमा जन्मिएर मोरङको लेटाङमा स्थायी बसोबास गर्दै आउनु भएका सहृदयी मित्र, स्वास्थ्यकर्मी, तथा समाजसेवी कमरेड रामविनोद सिंहको क्यान्सरका कारण निधन भएको खबरले स्तब्ध बनायो। उहाॅ मेरो नजिकको मित्र एवम् असल शुभचिन्तक कमरेड हुनुहुन्थ्यो ।
विरामी परेको बेला एक पटक उहाॅले मसॅग भेटी उपचारको बारेमा सरसल्लाह गरेका थियौं । पछि गंभीर बिरामी परेपछि पनि उहाॅले म सॅग भेट्न र कुरा गर्न चाहेको थाहा पाएपछि कोभिडको महामारीका कारण भेट्न संभव नभएपनि टेलिफोनमा उहाॅको परिवारसॅग कुरा गरेको थिए । उहाँको निधनबाट गंभीर क्षति भएको महसुस गरेको छु । दु:खको यस घडीमा मित्र रामविनोद जी प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।



