- रविन बस्नेत

सकुना बहुमुखी क्याम्पस मोरंगको सुन्दरहरैचामा अवस्थित छ २०४८ सालमा त्रिभुवन बिश्वबिधालयबाट सम्बधन प्राप्त गरी स्थापना भएको सो क्याम्पसमा १ नम्बर प्रदेशको धेरै जिल्लाहरुबाट उच्च शिक्षा हासिल गर्न आउने बिधार्थीहरुको थलोको रुपमा स्थापित भएको छ ।

403883_173835472723612_332303120_n

यो सैक्षिक सस्थालाई यो स्थान सम्म ल्याइपुर्याउन स्वतन्त्र बिधार्थी युनियनको पनि उल्लेखनिय भूमिका रहेकोछ । स्थापना कालदेखि हाल सम्मको स्ववियु निर्वाचनमा एक कार्यकाल सहमती निर्माण भएको बाहेक हालसम्म नेकपा एमाले निकट अनेरास्ववियुले प्यानलै जित्दै आएकोछ । निर्वाचित पुर्व सभापतीहरु हाल कहा र के गर्दैछन भन्ने बिषयमा हामीले समाचार तयार गरेका छौ ।

24058810_194466274453294_7233639436821693959_n

यज्ञप्रसाद सुबेदी : २०४९ देखि २०५१ सालसम्म सुकुना बहुमुखी क्यापको सस्थापक स्ववियु सभापती हुन । हाल उनि मोरंगको केरावारी गाउपालिका ९ स्थित देविझोडामा स्थायी बसोबास गर्दै आएकाछन । हाल उनि शिक्षण पेसामा आबद्द छन भने राजनितीमा उनि साबिक नेकपा (एमाले} केराबारी गाउ कमिटीका सचिव हुन र हाल नेकपाको सक्रिय राजनितीमा छन भने १ दर्जन भन्दा बढी संघ सस्थामा आवद्द छन् ।

37107191_1623066777816199_4033690807453089792_o

 

राजकुमार ओझा : सकुना कयामपस को स्ववियुको इतिहासमा सस्थापक उपसभापती हुदै २०५१ साल देखि २०५६ लगातार ३ कार्यकाल अनेरास्ववियुको तर्फबाट प्यानल सहित निर्बाचित हुने सभापति हुन् । अनेराबियुको मोरंग जिल्ला कमिटी अधक्ष्य हुदै कोशी अञ्चल कमिटी अधक्ष्य, केन्द्रीय सदस्य , र पुर्वान्चल ब्युरो प्रमुख बाट बिधार्थी राजनिती बाट बिदा भइ साबिक नेकपा एमाले मोरंग जिल्ला कमिटी सदस्य हुदै जिल्ला कमिटी सचिवालय हाल मोरङ ३ न निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभा ख बाट १ नम्बर प्रदेश सभामा सांसद छन । उनि मोरंगको सुन्दरहरैचाको ११ मा स्थायी बासिन्दाको रुपमा बसोबास गर्दै आएका छन ।

12783619_606250506189793_2832621373112385196_o

गोपाल श्रेष्ठ : अनेरास्वबियुको तर्फबाट प्यानललै निर्वाचित २०५७ साल देखि २०५९ सम्मको स्ववियु सभापती हुन् । हाल उनि बेलबारी १० स्थित बलवाइमा स्थायी बसोबास गर्दै आएका छन । र सोहि स्थानीय धिरनाथ माबि को सिक्षण पेशामा आबद्द छन भने बिभिन्न संघ सस्थाहरुमा पनि सक्रियता छ । साबिक नेकपा एमाले हुदै हाल नेकपा बेलबारी को राजनितीमा सक्रियता छन ।

11264982_825882647502158_3843754668010711075_n

जेबी थुलुङ्ग : सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिहरु मध्येका बहुप्रतिभाको धनि हुन २०६० देखि ०६२ साल सम्म सभापती भए । हाल बेलबारी - २ , लालभित्ती, मोरङ मा स्थायी बसोबास गर्दै आएका छन् । साहित्य , कला र राजनीतिमा सकृय उनि निरन्तर गीत लेखन , सङ्गीत सिर्जनामा प्रख्यात कमाएका छन । जनसांस्कृतिक महासङ्घ केन्द्रीय सदस्यसहित प्रदेश नं १ संयोजक,नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) मोरङको सांस्कृतिक विभाग सदस्य राजनितीक जिम्मेवारीमा छन् । स्थानीय विभिन्न सांस्कृतिक तथा सामाजिक संघ संस्थामा आवद्धभएका थुलुङ्ग ५ वटा गीति एल्बम , दर्जनौं फुटकर गीत र सङ्गीत सिर्जना गरीसकेका छन। प्रदेश सरकार , सामाजिक विकास मन्त्रालयबाट कला सम्मानसहित अन्य थुप्रै सम्मानहरूबाट सम्मानित भइ सकेका छन । २०७७ दसैंमा गजलसङ्ग्रह 'नथाक्ने मान्छे ' प्रकाशन हाल चर्चामा रहेको छ ।

39386911_250839352216253_6576696885640167424_o

भुपाल बस्नेत : अनेरास्ववियुको तर्फबाट प्यानलै निर्वाचित भइ २०६२ देखि २०६५ साल सम्मको सभापती हुन । हाल बेलबारी २ स्थित लालभित्तिमा स्थायी बसोबास गर्दै आएका छन । स्थानीय सिक्षा संदेश बोर्डिंग स्कुल संचालन गर्दै आएका उनि सो स्कुलको काउन्सिलर पनि हुन् । थुप्रै संघ सस्था र सहकारीमा पनि आबद्द छन । अनेराबियुको कोशी अंचल कमिटी उप संयोजक समेत भइसकेका उनि साबिक नेकपा एमाले ३ नम्बर क्षेत्रीय कमिटी को बिधार्थी इन्चार्जको जिम्मेवारी निर्वाह गरि सकेका बस्नेत हाल नेकपा बेलबारी नगरकमिटीको सचिवालय सदस्य छन् ।

10984104_762222177218269_8946451785296005262_n

बद्री अर्याल : २०६५ देखि २०७४ सम्मको स्ववियु सभापतीको जिम्मेवारीको सम्हालेका छन। एक कार्यकालका २ वर्ष अवधिका लागि अनेरास्ववियुको तर्फबाट प्यानलै निर्वाचित भएका उनि सकुना क्याम्पस स्ववियुको इतिहासमा सवैभन्दा लामो कार्यकालको सभापती मानिन्छन । अनेरास्ववियु को मोरंग जिल्ला कमिटी अधक्ष्य, कोशी अंचल कमिटी सह सचिव हुदै अनेरास्ववियुको २० औ रास्ट्रीय सम्मेलनबाट केन्द्रिय  सदस्यमा निर्वाचित भई जिम्मेवारी पुरागरी अनेरास्ववियुबाट बिदा भएपछी लामो समय कमिटी बिहिन भएपछी केहि महिना अघि नेकपा ३ नम्बर क्षेत्रीय कमिटी सदस्यको जिम्मेवारी  पाएका छन ।