पथरी । काेराेना बिरामीको चाप बढेसँगै ,त्यसलाई मध्यनजर राख्दै यतिबेला निजी क्षेत्रबाट पनि स्वाब संकलन केन्द्रकाे स्थापना गरिएकाे छ। माेरङ्गकाे पथरी शनिश्चरे -१ काे रहेको बीआइडीएच ल्याबब्राेटाेरी काठमाडौंकाे प्राविधिक सहयोग ,पथरी अस्पताल र ईश्वर फार्मेसीकाे सहयोगमा आजबाट स्वाब संकलन सुरू गरिएकाे जानकारी युवा व्यतित्व तथा युवा व्यासायी ईश्वरी सापकोटाले जानकारी दिए।
नेपाल सरकारकाे नियम अनुसार एउटै रेटमा पीसीआर चेक गर्ने र साेही दिन बिहान ७ बजेबाट १० बजेसम्म समयमै रिपोर्ट दिने गरिएको कुरा सापकोटाले सुनाए । नेपाल सरकारको मापदण्डमा रहेर गरिएको र साे पीसीआर चेक ईश्वर फार्मेसी औषधी पसलकाे माथिल्लो तल्लामा रहेकाे छ।





















