काठमाडौं, ६ मंसीर। पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका स्थायी समिति सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई दुर्व्यवहार गर्नेहरुमाथि कार्वाही हुने स्पष्ट पारेका छन्।
बरिष्ठ नेता नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै नेता पाण्डेमाथि अभ्रद व्यवहार गर्नेहरुमाथि कार्वाही हुने स्पष्ट पारेका हुन्। विज्ञप्तिमा नेपालले भनेका छन्, ‘‘सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्नेर गराउने जोसुकै भए पनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु।’’
विकास आयोजनाहरुको अनुगमनका क्रममा नेता पाण्डे शनिबार गृहजिल्ला चितवन पुगेका थिए। स्थानीय नेता–कार्यकर्तालाई सम्वोधन गरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेताहरुले पाण्डेलाई दुर्व्यवहार गरेका थिए। उक्त दुर्व्यवहारको नेता नेपाललाई निन्दासमेत गरेका छन्।
विज्ञप्ति



