तारा पराजुली

यो जहाजमा तपाईंहरुमात्र सवार हुनुहुन्न।यति धेरै यात्रुहरु बोकेर सहजै जहाज नहल्लाईदिनुहोस्।केहि भएर जहाज तलमाथि भयो भने हतारमा हाम्फालेर न त तपाईंहरु बाँच्नुहुनेछ न त हामी।

न तपाईंको विचार बाँच्नेछ न हाम्रो।विचारै नबाँचे कसरी बाँच्ला देश???अलिकति धैर्य अलिकति संयम बटुलेर विवेकको प्रयोग गरौँ।यसमै छ सबैको भविष्य।

हामीले विश्वका थुप्रै मुलुकहरुको राजनैनिक यात्रा अध्ययन गरेका छौँ।सोभियत संघ र पूर्वी युरोपका पोल्याण्ड, बुल्गारिया, चेकोस्लोभाकिया, रोमानिया, युगोस्लाभिया र हंगेरी जस्ता देशहरूमा समाजवादी व्यवस्थाको राम्रो अभ्यास हुँदैगर्दा आफ्नो र आफूभित्रकै अर्थात् केही आन्तरिक केहि बाह्य कारणले समाजवाद धेरै समय टिक्न सकेन।

हामीकहाँ पनि उपभोक्ताहरुकै कारण समाजवादउन्मुख गणतन्त्रको भरभराउँदो साख नगिरोस्।यो समय निर्माणको समय हो।काम गर्नेहरुलाई सहयोग गरौँ।सहयोग गर्नेहरुलाई उत्प्रेरित गरौँ।सत्ता होस या सत्ता साझेदार दल नेतृत्वमा पुग्ने स्पष्ट नितिगत समयसीमा र मापदण्डहरु छन्।

समन्वयको माध्यमबाट आम पर्खाईहरु सुन्दर बनाउन सक्नु पनि कुशल नेतृत्वको अब्बल गुण हो।गुण नत्यागौँ चरित्र आफैँ बन्छ।