इटहरी,१५ मंसिर।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इटहरीमा १५ शैयाको अस्पतालको शिलान्यास गरेका छन ।
आज मंसिर १५ गते देश भर एकैपटक विभिन्न स्थानिय तहमा गरी ३९६ वटा आधारभुत अस्पतालको शिलान्यासगर्ने संघिय सरकारको निर्णय अनुसार इटहरीमा प्रदेश नं १ का मुख्यमन्त्री राइले सो अस्पतालको शिलान्यास गरेका हुन ।
जम्मा १८ करोड ६८ लाख २ हजार लागतमा अस्पताल निर्माण सम्पन्न हुने इटहरी उपमहानगरपालिका का मेयर द्वारीकालाल चौधरीले बताए । स्वास्थ्य क्षेत्र सुधारको यो ऐतिहासिक निर्णय र कार्य आरम्भले देशमा सकारात्मक सन्देश प्रदान गरेको छ, यस कार्यमा भुमिका निर्भाह गर्नुहुने सबै प्रति मेयर चौधरीले धन्यवाद ब्याक्त गरे ।
कार्यक्रममा प्रदेश सांसद सर्वध्वज सावा,नगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम लगायत बिभिन्न राजनितीक दलका प्रतिनिधिहर, सथानीय समाजसेवी ,लगायतको उपस्थिती रहेको थियो । नेपाल सरकारको यो जनमुखी कार्यको सबैबाट स्वागत योग्यकाम भएको कार्यक्रममा सहभागी जनताहरुले बताएका छन ।



