बेलबारी । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ सरकारले ३ सय ९६ वटा स्थानीय तहमा आधारभूत र ७ वटै प्रदेशमा १-१ वटा सरूवा राेग अस्पताल निमार्ण गर्ने घाेषणा गरेसंगे सोमबार मोरङको बेलबारी स्थित वडा ४ बुधबारेमा १५ शैया अस्पताल भवनको शिलान्यास कार्यक्रम सम्मपन्न भएको छ ।

स्थानीय तहमा ५, १० र १५ शय्यासम्मका अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७ सय ५३ पालिकामध्ये ६ सय ४९ पालिकामा अस्पताल नै छैनन् । तीमध्ये पहिलो चरणमा ३ सय ९६ पालिकामा अस्पतालको भवन शिलान्यास गरिएको हो । सरकारले एकैचोटी ३९६ पालिकामा अस्पताल शिलान्यास हुनुलाई स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुवात भएको दावी गरेको छ ।
बेलबारीमा पनि कुल १३.५ कठ्ठा क्षेत्रफलमा निर्माण हुने अस्पताल भवनको सोमबार बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले शिलान्यास गरेका हुन । १८ करोडको लागतमा निर्माण गरिने सो अस्पतालको आवस्यक डिपिआर, माटो परिक्षणको भैसकेको र चाडै टेन्डर प्रक्रियाको काम सकि निर्माण सुरु गरिने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
नगर उपप्रमुख ढाकाकुमारी पराजुली (तारा) ले अस्पताल निर्माणसंगै नगर क्षेत्रका जनता सामान्य बिरामी पर्दा पनि सहरको मंहगो अस्पताल जानुपर्ने बाध्यताको अन्त्य हुने जनाए ।कार्यक्रमका सभाअध्यक्ष वडा ४ अध्यक्ष राम किरातीले कोरोना भाइरसका कारण पनि अस्पतालको आवस्यकता बोध अझ बढेकाले त्यस कारणले पनि यो अस्पताल अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।

किराँतीले बिकासको काम बोलेर भन्दा पनि गरेर देखाउनु पर्छ भन्ने मान्यता रहेकाले त्यसको निम्ति आफू कट्टीबद्व रहेको जनाए ।कार्यक्रममा नेकपा नगर अध्यक्ष पर्शुराम सुवेदी, नेका नगर सभापति सम्भु भट्टराई , समाजवादी पार्टी नगर अध्यक्ष तिलक साम्पाङ राईले सुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा नेकपा नगर सह( इन्चार्ज तिलक राई , नेका महासमिती सदस्य महेन्द्र सुवेदी , स्थानीय राजनीति दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।


