काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केक काटेर सुरुवात गरिएको छ । पार्टी महासचिव विष्णु पौडेलको जन्मदिनको उपलक्ष्यमा केक काटेर बैठक सुरु गरिएको हो ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै सचिवालयले सदस्यलाई महासचिवलाई केक खुवाएका थिए ।
नेकपाभित्र चुलिँदो विवादका बीच सुरु बैठक महासचिव पौडेलको जन्मदिनको केकले केही रमाइलोपन बनाएको थियो । केक खुवाउने र खाने कार्यक्रमपछि बैठक सुरु गरिएको थियो । अर्थमन्त्रीसमेत रहेका पार्टी महासचिव विष्णु पौडेलको आज ६२ औं जन्मदिन हो ।



