बिराटनगर,२४ मंसिर । मोरंङको सैक्षिक संस्थाहरुलाइ मंसिर २५ गते बन्दको आव्हान गरेको छ । शिक्षक हत्याको बिरोधमा बिहिबार मोरंगको सैक्षिक संस्थाहरु बन्द गर्न शिक्षक महासंघ मोरङ जिल्ला कार्य समितीले बुधबार बिज्ञप्ती मार्फत बन्दको आब्हान गरेको हो ।

नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिती मोरङका सदस्य तथा मिक्लाजुंग स्थित श्री सरस्वति आधारभुत माध्यामिक बिधालयका प्रध्यानाध्यापक समेत रहेका राजेन्द्रकुमार श्रेष्ठको मंसिर २३ गते अज्ञात समुहबाट अपहरण गरी हत्या गरेको कारण सैक्षिक सस्थाहरु बन्दको आब्हान गरेको महासंघ को सचिव अशोककुमार लुइटेल र अध्यक्ष दामोदर सिग्देलद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा रहेकोछ ।
हत्याको घोर भर्तसनागर्दै सत्यतथ्यको खोजिगरी दोषीलाई कार्वाही गर्न सरकारसंग मागगर्दै,बिधालयहरुमा निर्भिकता पुर्वक पठन पाठन गराउने वातावरण सृजना गर्न, शान्ती सुरक्षाको प्रत्याभुती अविलम्ब कायम गर्न र भय रहित वातावरणको सृजना गर्न गराउन दवाब स्वरुप मोरङ्ग जिल्ला भरीका सवै बिधालयहरु ( परिक्षामा बधा नपुगनेगरी ) बन्द गर्न गराउन आव्हान गरेको बिज्ञप्तीमा रहेको छ ।
