काठमाडौं,२४ मंसिर । नेपाली कांग्रेसका युवा नेता डा.अमरेशकुमार सिंहले राष्ट्रियताको चर्को कुरा गर्ने ओली नेतृत्वको सरकारले सगरमाथालाई चीनसँग बिक्री गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाका सांसद समेत रहेका नेपाली कांग्रेसका युवा नेता डा.सिंहले प्राइम टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा सगरमाथालाई ओली सरकारले चीनसँग सेयर गरेको समेत आरोप लगायका हुन् । ‘सगरमाथा नेकेड भाषामा भन्ने हो भने सरकारले बेचेको भन्न मिल्छ । डिप्लोमेटिक भाषामा भन्ने हो भने सेयर गरेको छ’, ‘अहिलेको यथार्थता यही हो ।’ उनले भनेका छन् ।
त्यस्तै अन्तरवार्ताको क्रममा कांग्रेस नेता डा.सिंहले भनेका छन्, ‘जबजब धेरै राष्ट्रियताको चर्को कुरा उठ्छ इतिहाँस साक्षी छ । हाम्रो प्रकृतिक स्रोत घाटामा छ ।’ ओली सरकारले सगरमाथा चीनलाई बेच्यो’ । कांग्रेस नेता डा.सिंहले सगरमाथा ओली सरकारले चीनसँग सेयर गरेको विषयमा एउटा उदाहरण दिँदै भनेका छन्, ‘मेरो घडी मैले मात्रै हेर्छु भने त्यो मेरो हो । तर, यो मेरो घडी तपाइ र मैले हेर्छौं भने त्यो साझा हुन्छ । सगरमाथा पनि यो सरकारले चीनसँग त्यही गरेको छ ।’
तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस नेता वीपी कोइरालाले माओत्सेतुङलाई कन्भिन्स गरेर सगरमाथाको पानीढलोदेखिको भाग नेपालको बनाएका थिए । चीनले सगरमाथालाई यस अगाडि दाबी गरेको थिएन । तर, ओली सरकारले नयाँ उचाइँको तथ्याङ्क नाप्ने बहानामा चीनसँग मिलेर उचाइँ नापेर तथ्याङ्क सार्वजनिक गरेपछि विवाद खडा भएको छ । केही महिना अगाडि चीनको मुख पत्र रहेको एक पत्रिकाले सगरमाथालाई चीनको नक्साभित्र राखेर तस्वीर सार्वजनिक समेत गरेको थियो । त्यस बेला चीनको धेरै विरोध भएको थियो ।
चीनले सगरमाथालाई आफ्नो नक्साभित्र पारेको केही महिनाभित्रै ओली सरकारले चीनसँग सगरमाथा सेयर (साझा) बनाएको भनेर कांग्रेस नेतासहितका व्यक्तिहरूले टिप्पणी गर्न थालेका छन् ।




















