काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनु भएकाे छ ।प्रधानमन्त्री ओलीले मंसिर २८ गतेका लागि बैठक बाेलाउनु भएकाे उहाँकाे सचिवालयले जनाएकाे । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्ति लगायत एजेण्डामाथि छलफल हुने बताइएकाे छ ।
हाल विभिन्न संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन् ।
लोकसेवा आयोग, वित्त आयोग लगायत संवैधानिक निकायमा पनि लामो समयदेखि पदाधिकारी नियुक्त हुन सकेका छैनन् ।
यी हुन् रिक्त पद:
राष्ट्रिय मानवअधिकार आयोग - अध्यक्ष र ४ आयुक्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोग - प्रमुख र २ आयुक्त
निर्वाचन आयोग - २ आयुक्त
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग - ४ आयुक्त
राष्ट्रिय महिला आयोग - अध्यक्ष र ४ आयुक्त
राष्ट्रिय दलित आयोग - अध्यक्ष र ४ आयुक्त
समावेशी आयोग - अध्यक्ष र ४ आयुक्त
आदिवासी तथा जनजाति आयोग - अध्यक्ष र ४ आयुक्त
मधेसी आयोग - ४ आयुक्त
थारु आयोग - ४ आयुक्त
मुस्लिम आयोग - ४ आयुक्त


