२६ मंसिर,इलाम - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् । 

126452164_138262157708262_1502486109498740053_n (1)

माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्ने बताए ।

उनले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रहेका उल्लेख गर्दै अब हत्या र हिंसाका घटना नदोहोरिने बताए । सो गाउँपालिकाको रु १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त रकम गरी रु ५० लाखभन्दा बढीको लागतमा शालिक निर्माण गरिएको जनाइएको छ ।