अमलेखगंज । बारामा ५० जना युवाहरु नेपालि कांग्रेश लगायत बिभिन्न पार्टी परित्यागगरी नेकपामा प्रवेश गरेका छन । सनिवार नेकपा जितपुर सिमरा उपमहानगरपालिका २१ नम्बर वडा शाखा कमिटीको आयोजनामा सनिवार अमलेखगंजमा भएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम मार्फत बिनय साहको नेतृत्वमा ५० जना युवाहरु नेकपामा प्रवेश गरेका हुन ।

नव प्रवेशी युवाहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा बारा इन्चार्ज बलबीर चौधरी ,पुर्व खेलकुद मन्त्री तथा नेकपा नेता पुरुषोत्तम पौडेल लगायतका नेताहरुले गरेका थिए । नागेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रम सुवास श्रेष्ठले संचालन गरेका थिए ।






















