दमक,२९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाहन क्षेत्रमा राजीनामा दलका एकजना नेताले मागेका छन् । त्यो पनि प्रदेश १ का आर्थिक मामिलामन्त्रीले । ती मन्त्री हुन् इन्द्र आङ्बोहाङ ।

131002483_438571227171630_5797418230584837714_n 2

आइतबार झापाको दमकमा पार्टी भित्र असन्तुस्ट प्रचण्ड-नेपाल पक्ष अनेरास्ववियुको भेलामा उनी उपस्थित भएका थिए । भेलालाई सम्बोधन गर्दै आङ्बोहाङले प्रधानमन्त्री ओलीलाई सरकारको नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताए । उनले भने,‘ओली नै अहिलेको मुख्य समस्या हुन्, उनलाई सरकारको नेतृत्वबाट बिदाई गरेपछि समस्या समाधान हुन्छ ।’

सडकमा राजावादी आउनुमा प्रधानमन्त्री ओलीकै हात रहेको आरोप समेत लगाए । सरकार अलोकप्रीय भएको आरोप लगाउँदै जनतामा वितृष्णा आउँदा राजावादीले टाउको उठाउन थालेको बताए । ओलीले संघीयता र गणतन्त्र समेत उल्टाउन खोजेको आरोप लगाए ।

उक्त भेलामा नेकपा केन्द्रीय नेताहरु भास्कर काफ्ले,महेश रेग्मी, शिवकुमार मण्डल, अनेरास्ववियूकानेताहरु रन्जित तामाङ, सुदेश पराजुली, वासिम आलम ,अनिल कार्की लगायतको सहभागिता रहेको थियो ।