काठमाडाैं । संवैधानिक परिषद्को बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेकाे बैठकमा विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिबारे छलफल भएकाे हाे । तर बैठककाे निर्णय भने सार्वजनिक भएकाे छैन । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि बैठक बसेकाे थियाे ।

संबैधानिक परिषदको बैठक-२०७७ मंसिर ३०_Photo_Rajan_Kafle (1)

बैठकमा प्रधानमन्त्री एवं परिषद् अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा भने बैठकमा सहभागी हुनुभएन ।

यसअघि बिहान ९ बजेका लागि बाेलाइएकाे बैठकमा सभागमुख सापकाेटा नगएपछि साँझ ५ बजेका लागि सारिएकाे थियाे । दिउँसाे अध्यादेश जारी भएपछि साँझ केही ढिलागरी बैठक बसेकाे थियाे ।