काठमाडौं, ४ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्दा पुच्छर भए भन्नेहरू अब चुप लाग्ने कि नलाग्ने भन्दै प्रश्न गरेका छन् ।
आज शनिवार बिहान प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड निवास खुमलटारमै गएर प्रचण्डलाई भेटेपछि उनले यस्तो टिप्पणी गरेका हुन् । उनले नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो भएको बताउँदै सहमति नभए विधिबाट समाधान खोज्नुपर्ने समेत बताएका छन् ।
त्यस्तै शनिवार बिहार प्रधानमन्त्री ओलीले प्रचण्डसँग भेटवार्ता गरेपछि गृहमन्त्री राम बहादुर थापा ‘बादल’सँग पुल्चोकस्थित मन्त्रीनिवासमा गई भेटवार्ता गरेका थिए ।





















