तेर्हथुम,१६ पुस । संसद विघटनको विरोधमा तेर्हथुममा पनि विरोधको कार्यक्रमहरु सुरुभएको छ । प्रधानमन्त्रि केपि शर्मा ओलिले प्रतिनिधिसभालाइ विघटन गरेपछी त्यसलाई असंवैधानिक कदमको संज्ञा दिदै नेकपा तेर्हथुम जिल्ला कमिटिले सबै स्थानीयतहमा समेत सचेतना कार्यक्रम र कार्यकर्ता भेटघाटलाई तिव्रता दिएको छ ।
बुधबार म्याङलुङ नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । त्यसैगरी मेन्छ्यायोम गाउपालिकामा प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा जनताको इच्छा र भावना विपरीत प्रतिनिधी सभालाई भंग गरिएकाे भन्दै कार्यकताहरुमा समेत यस्को सन्देश दिने उदेश्यले सबै स्थानीयतहमा कार्यक्रम राखिएको नेकपा तेर्हथुमका र्कार्यालय सचिव भुपतिलाल श्रेष्ठले बताए ।
नेकपा मेन्छ्यायेम गाउँपालिका संगठन कमिटिका अध्यक्ष नेत्र पन्धाकको अध्यक्षतामा सम्पन्न भएको सो प्रशिक्षण तथा भेटघाट कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा तेह्रथुम ईन्चार्ज जयन्ती राई, केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज दुर्गा चापागाई , प्रतिनिधीसभा सदस्य भवानी खापुङ, प्रदेश कमिटि सदस्य अनुभुतिबम नेपाली लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
नेकपा जिल्ला कमिटी तेह्रथुमको पुष १५ गते सम्पन्न पुर्ण बैठकको निर्णय अनुसार जिल्लाका ६ वटै स्थानीय तहहरुमा कार्यक्रम गरिने नेकपा तेह्रथुमका अध्यक्ष लक्ष्मण तिवारीले बताए । कार्यक्रम पुस १७ गते आठराईकाे सक्रान्तिबजार, १८ गते फेदापकाे पाेक्लाबाङ बजार , १९ गते लालिगुरास नगरपालिकाकाे बसन्तपुर बजार र पुस २० गते छथरगाउ पालिकाकाे सुक्रबारेबजारमा हुने १ नम्बर प्रदेश सभाका सांसद समेत रहेका तिवारीले जानकारी दिए ।




















