हुम्ला । नेकपाभित्र विभाजन देखिएपछि केपी ओली नेतृत्वको नेकपालाई समर्थन गरेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रचण्ड–माधव समूहमा फर्किएको घोषणा गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्लाका सचिवसमेत रहेका मन्त्री रावलले आइतबार वक्तव्य जारी गर्दै केपी समूह छोडेर प्रचण्ड–नेपाल समूहमा फर्किएको बताएका हुन्। मन्त्री रावल फर्किएसँगै हुम्ला जिल्लामा प्रचण्ड–माधव समूहको नेतृत्व स्पष्ट बहुमतमा देखिएको छ । जिल्ला अध्यक्ष लालकेश केसी प्रचण्ड–माधव समूहमा नै छन् ।
यस्तो छ समीकरण
प्रचण्ड–नेपाल समूह
प्रचण्ड नेपाल समूहमा नेकपाका हुम्ला जिल्लाका अध्यक्ष लालकेश जैसी, जिल्ला इन्चार्ज विजय भण्डारी, छक्कबहादुर लामा, उनका स्वकीय सचिव नेत्र महतारा, छिर्मीदोर्जी लामा, हस्तबहादुर शाही, कलबहादुर हमाल, लोकबहादुर हमाल, ज्ञामी बुर्मी, तीर्थराज रोकाया, कार्चेन लामा, पूर्णप्रसाद ढकाल, शिवराज शर्मा, महेन्द्रबहादुर शाही, अदानचुली गाउँपालिका उपाध्यक्ष सौमती ऐडी र ताजाँकोट गाउँपालिका अध्यक्ष बागदल मल्ल, उपाध्यक्ष मञ्जु बुढा, गोपाल बुढा, अखवीर खड्का, चखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, सर्केगार्ड गाउँपालिका अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोशी धामी, नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा, नरदीप थापा, डबल रावत, मुस्कान लामा, अजमल बुढा, दलपती नेपाली र युवा संघ हुम्लाका संयोजक सुवास रोकाया, सहसंयोक कार्मा लामा, केन्द्रीय सदस्य अखिल शाही, प्रेमा लामा, उपेन्द्र शाहीलगायतका नेता–कार्यकर्ता प्रचण्ड–नेपाल समूहमा उभिएका छन् । ओली पक्षभन्दा जिल्ला कमिटीमा बहुमत भएको प्रचण्ड–नेपाल पक्षको दाबी रहेको छ ।
केपी ओली समूह
जिल्लाका अधिकांश नेता–कार्यकर्ताले प्रचण्ड–नेपाल समूह रोजेपछि केपी ओली पक्ष कमजोर देखिएको छ । गोरखबहादुर बोगटी, अदानचुली गाउँपालिका अध्यक्ष दल फडेरा, चंखेली गाउँपालिका उपाध्यक्ष विमला शाही, गोकुल बुढा, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रूपा शाही रहेका छन् । जिल्लाका सबै समूहले प्रचण्ड–नेपाल समुह रोजेपछि ओली पक्ष अल्पमतमा परेको छ ।
नया पत्रिकाबाट




















