धनकुटा । प्रधान्मन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा निकालिइएको मशाल जुलुस विथोल्ने प्रयास भएको छ । धनकुटामा हिजो प्रचण्ड नेपाल पक्षको अनेरास्ववियुको आयोजनामा निकालिएको जुलुश ओली पक्षक केहि युवाहरुले विथोल्ने प्रयास गरेका हुन् ।

135285585_1097473387381158_3750930945832241565_n

संसद पुनस्थापनाको माग गर्दै प्रचण्ड नेपाल पक्षका विद्यार्थीहरुले जिल्लामा जुलुश निकालेका हुन् ।बजारका विभिन्न भागहरुको परिक्रमा गर्दै मदन चोकमा कोणसभा गर्ने तयारी थियो । तर मदन चोक पुग्न नपाउदै ओली पक्षका केहि युवाहरुले ’केपी ओली जिन्दावाद ’भन्दै उक्त जुलुशमा पुगेका थिए । प्रचण्ड नेपाल पक्षका विद्यार्थीहरुले ’केपी ओली मुर्दावाद’,’केपी तेरो पाराले दुख पाए साराले’ लगाएतका नारा लगाइरहदा ओली पक्षका युवाहरुले भने ’केपी ओली जिन्दावाद’का नारा लगाएका थिए ।

केहि समय दोहोरो नारावाजी भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएकाले कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यल धनकुटाका प्रमुख गोविन्द अधिकारीले बताउनु भयो । ओली पक्षका युवाहरुलाई नियन्त्रणमा लिएपछि प्रचण्ड माधव समुहका विद्यार्थीहरुले मदन चोकमा कोणसभा गरि कार्यक्रम समापन गरेको थियो ।

135308166_217412443267025_8427382622048270186_n

यस्तै गरि जुलुस निकाल्नु अघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु धनकुटा जिल्ला कमिटिले सपथ ग्रहण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । गत भाद्र २१ गते जिल्ला कमिटि धनकुटाको बैठक बसी एकता प्रक्रिया टुङ्गीएको होे । नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हेमराज भण्डारीको प्रमुख आतिथ्यता तथा अनेरास्ववियु केन्द्रिय नेताहरु सुदेश पराजुली र ओसिम आलम लगाएत अन्य विद्यार्थी नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।