तिलप्रसाद गुरागाई

घामको झुल्को हिमालको शीर, सुन जस्तै टलल
जूनको ताप हिँउँको रास, चाँदी झै झलल
आकाशका तारा नौलाख बत्ती,बल्दछन चम्केर
नदीका जल सलल बग्छ्न, झरनाका झरर

मयुरका प्वाँख डाफेँका रङ, कोइलीका आवाज
गुराँसका फूल चाँपका फूल, वनका सुवास
बादलु आउँछिन बादलु जान्छिन,वन सबै भिजाउँ छिन
कलिला मुना टुसाउँदै जान्छन्, वन मै रमाउँछन

लेकको पानी बेसीँका खेत, बयली खेल्दछन
झरेका पात बगेर जान्छन,अन्नलाइ बढाउँछन
पछाडि हली अगाडि गोरु, होराको नारामा
अन्नका बाला झुलेको हेर्दा,मन गरागरामा

दुधको ढुङ्ग्रो दहीको ठेकी, साइत जुराउँने
दूध र दही खाएका पेट, निरोगी बनाउने
किसानको काम अन्नको मान,कठिन काम छन्
मान्छेको प्राण आन्नको गाँस ,सम्बन्ध कस्ता छ्न

नमस्कार !नमस्कार !नमस्कार !!