धनकुटा ,२३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिइएको छ । अनेरास्ववियु जिल्ला कमिटि धनकुटाले आज धनकुटामा पुत्ला दहन गरेको हो ।
संसद विघटन खारेज गर,केपी ओली मुर्दाबाद लगाएत चर्को नाराबाजी गर्दै उसले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको छ । असंवैधानीक रुपमा विघटन गरिइएको प्रतिनिधि सभा पुनस्थापना गर्दै प्रतिगमनकारी कदम नसच्याउँदा सम्म विभिन्न विरोधका कार्यक्रमहरु गर्ने उक्त कमिटिले जनाएको छ ।





















