स्याङ्जा,२९ पुस । स्याङ्जामा नेपाली कांग्रेस परित्यागगरी २१ जना नेकपा ओलि समुहमा प्रवेश गरेका छन । बुधबार नेकपा अर्जुनचौपारी गाउँपालिका कमिटी र भीरकोट नगर कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको अवस्वरमा उनीहरु नेकपा ओलि समुहमा प्रवेश गरेका हुन ।

भीरकोटमा १५ जना युवाहरु तरुण दल परित्याग गरी नेकपामा प्रवेश गरेका थिए भने, अर्जुनचौपारीमा नेपाली काँग्रेस परित्याग गरी ६ जना नेकपामा प्रवेश गरेका थिए । नव प्रवेसीहरुलाइ कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले स्वागत गरेकी थिइन ।

Padma Aryal Syanjga, 29 Push 2077 (3)