नेकपाको आधिकारिकता विवादका सम्वन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सार के हो भने नेकपाको साविक ४४१ सदस्य रहेको कमिटिलाइ मात्रै निर्वाचन आयोगले चिन्दछ । हो त्यसो भनिसके पछि उसले त्यस साविक कमिटिको अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल अनि महासचिव विष्णु पौडेल हो भनेर भनिरहनु परेन नै । निर्वाचन आयोगले जम्मा जम्मी यति भन्न नपाउँदै केहिलाइ उफ्री पाफ्री गर्दै गाली गलोज , खिसी ट्युरी गर्न अनि केहिलाइ आफ्नै मनको निष्कर्षको आधारमा दुख मनाउ गर्न अनि निरासा व्यक्त गर्न राम्रो वहाना मिलेको छ ।
कतिपयले ४४१ सदस्य कमिटिले मान्यता पाएको तथ्य र त्यस निर्णयले निर्दिष्ट गरेको अगाडीको बाटोको सत्य भुलेर “ केपी ओली अध्यक्ष अनि विष्णु पौडेल महासचिव रहेको कमिटिले आधिकारिकता पायो ” भन्दै रमाउने काम गरिरहेका छन भने कतिपय चाहिं “ ओह हो लौ सकियो केपी ओलीले सेटिंग गरेका छन भन्थे हो रहेछ , सक्की गयो नि” भनेर रोइलो गरेको पनि सुन्न र पढ्न पाइएको छ । तर वास्तवमा न खुसियालीको उफ्री पाफ्रीको अर्थ छ न हतास र निरासाको आवश्यकता छ ।
यो दुवै अज्ञानता , अध्यनहिनता र आत्मगत निष्कर्ष छोडेर सत्य बुझ्ने हो भने चाहिं निर्वाचन आयोगको निर्णयले पुष्पकमल दाहाल र माधव नेपालले नेतृत्व गरिरहनु भएको नेकपाको वैधनिकताको मार्ग सुस्पष्ट गरेको छ भलै त्यसो गर्दै गर्दा हाल केहि समय माधव नेपाल अध्यक्षको भूमिकामा देखिन नपाउनु होला जुन कुरालाइ वहाँले हाँसी हाँसी स्विकार्नु नै भएको छ । वहाँले भनी नै सक्नु भयो कि “ म अध्यक्ष नभएर के भयो त पुष्पकमल दाहाल हुँदै हुनुहुन्छ ।” परम्परागत भषामा भन्नु पर्दा राजनीतिमा खलि खाइसक्नु भएका श्रद्धय माधव नेपालले राजनीतिमा अमुक पद स्थापित होस वा नहोस विधि र पद्दति स्थापित होस तव अरु कुरा विस्तारै हुन्छ भन्ने नबुझ्ने कुरा नै भएन ।
अर्थात, नेकपाको साविक ४४१ सदस्य रहेको कमिटि मात्रै वैधानिक भने पछि त्यसको वहुमत जता छ त्यही नै आधिकारिक हुन्छ र त्यसको विधानले प्रष्ट भनेको छ “ वहुमतको निर्णय पार्टी निर्णय” त्यसैले त्यसले गरेको निर्णय आधिकारिक हुने दिशामा अगाडी बढ्छ भन्ने राजनीति बुझ्ने , कानुन बुझ्नेले नबुझ्ने कुरै भएन । बरु यही सत्य तथ्य आफ्ना सवैलाइ बुझाउन चाहिं माधव नेपाल र पुष्पकमल दाहालहरुले अलिक मेहेनत नै गर्नु पर्यो भन्ने देखियो । अहिले साविक ४४१ सदस्य कमिटिलाइ मान्यता दिने भनेको त्यसको वहुमत जता छ त्यसैले मान्यता पाएको सत्यको घुमाउरो तर प्रष्ट सन्देश हो ।
सत्य यही , यति त ४४१ को अत्याधिक वहुमत रहेको मुलधारकाले बुझ्नु पर्दैन ? कि ४४२ मध्य सयको हाराहारी केन्द्रिय सदस्यको समर्थन भएको सरकारी समुहले आफ्नो विपक्षमा परिस्थिति गएको सत्यलाइ ढाकछोप गर्न गरेको तर्कलाइ सत्य मानेको ? वहाँहरुले त भन्नै पर्यो नि , त्यसो नभन्दा त आफ्नो केन्द्रिय सदस्य क्लबमा पुरै भुइँचालो आउने पक्का छ नत्र पार्टीमा अल्पमत परिने भयले संसद विगठन गरेको सत्य आफैं व्यक्त गर्नु हुने केपी ओली नेतृत्वमा काम गरिरहनु भएकाहरुले ४४१ ले मान्यता पाउने भनेको त्यसको वहुमत जता छ त्यसैले मान्यता पाएको हो भन्ने कुरा बुझ्नु भएको छैन होला त ।
अवश्य बुझ्नु भएको छ त्यसैले नै वहाँहरु ४४१ सदस्य भएको कमिटिले मान्यता पाएको नभनिकन केपी ओली अध्यक्ष विष्णु पौडेल महासचिव रहेको कमिटिले मान्यता पाएको भनेर प्रचार गरेर कुनी को न्यानो भनेको जस्तो गर्दै हुनुहुन्छ । अनि साविक ४४१ को वहुमत भएको आधिकारिक समुहमा हुनेले चाहिं आफु आधिकारिक भएको त्यती सत्य पनि पनि नबुझ्ने ? त्यस्तो हो भने चाहिं राजनीतिबाट सन्यास लिएकै राम्रो ।




















