बिराटनगर,१३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीजी र उहाको मन्त्रीहरुलाई लखेट्ने नेकपा ( प्रचण्ड-माधब ) समुहका युवा नेता पारुल क्षेत्रीले बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा बिघटन गरेपछि त्यसको बिरुद्दमा आन्दोलनमा उत्रीदै आएका युवानेता क्षेत्रीले मंगलबार बिराटनगरमा निकालिएको सिटी जुलुसलाइ सम्बोधन गर्दै बिराटनगरको युवाहरुले बजाएको सिटीको अवाज बालुवाटार सम्म पुगेको होला भन्ने कुरा बताएका छन ।

 

यदि उनीहरुको रक्षाको लागि महेश बस्नेत आउछन भने मेचीको खोला कटाउने चेतावनी दिएका छन । नेकपा प्रदेश कमिटीले आगामी माघ १६ गते विराटनगरमा पनि विशाल जनप्रर्दशनको आयोजना गरेको छ। नेकपाका अध्यक्षद्वय माधव नेपाल र प्रचण्डले सम्बोधन गर्ने उक्त प्रदर्शनमा ५० हजार कार्यकर्ता ओराल्ने तयारी समेत रहेको नेता क्षेत्रीले बताए ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका युवा नेता ओसिम आलमले सत्ताका नाममा गलत निर्णय गर्नेले महाअभियोगका लागि तयार हुनुपर्ने बताए । उनले सत्ताको नाममा मुलुकलाई प्रतिगमन तर्फ डोर्याउने प्रधानमन्त्री ओलीको आदेशको पालना भयो भने भोलिका दिनमा सबैको हिसाब हुने चेतावनी  दिए ।आज अपराह्न विराटनगरको जनआन्दोेलन चोकदेखि निकालिएको सिठ्ठी जुलुुस जलजला चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।