धनकुटा। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू धनकुटा बहुमुखि क्याम्पस धनकुटाले एकता प्रक्रिया टुङ्गाएको छ । दुई ठुला विद्यार्थी संगठन एकताको क्रममा आज उक्त क्याम्पस कमिटिले पुर्णता पाएको हो ।

आज बसेको क्याम्पस कमिटिको बैठकले १ सय ३ सदस्य इकाई कमिटि गठन गरेको हो । धनकुटा बहुमुखि क्याम्पस कमिटिका संयोजक संजिव लिम्बुको अध्क्षता,विद्यार्थी फ्याक्सन इन्चार्ज हेमचन्द्र किरातीको प्रमुख आतिथ्यता तथा संगठनका केन्द्रिय सदस्य इन्द्र बहादुर बिष्टको विशेष आतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

यस्तै गरि बैठकमा जिल्ला संयोजक अंकित थापा,सहसंयोजक पदम रखाल तथा जिल्ला कार्यलय सदस्य तथा क्याम्पस इन्चार्ज प्रकाश गिरी लगाएतको उपस्थिति रहेको क्याम्पस कमिटि संयोजक संजिव लिम्बु तथा सह संयोजक सन्तोष बुढाथोकिद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिइएको छ ।

142845230_260882418745680_665969492562402632_n 142749434_2844210872565783_5774598374369807120_n