बर्दिया । नेकपा केन्द्रीय उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा एकता केन्द्रीय अभियान संचालन भए लगत्तै देशभरी नै यसको सकारात्मक प्रभाव पर्न थालेको छ  ।

144138353_1550066405201527_853246599159727458_n

राष्ट्रिय एकता अभियानको सिलसिलामा आइतबार बर्दिया जिल्लाको गुलरियाका अठ वटै स्थानीय पालिकाका नेकपामा समर्पित सदस्यीयहरुको भेलाले १०१ जिल्ला समन्वय समिति घोषणा गरेको छ ।

144951849_932910634116274_8732304287728563199_n
घोषणा कार्यक्रमको अध्यक्षता नेकपाका नेता पूर्ण शर्माले गर्नु भएको थियो । उक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका संयोजक तथा नेकपाका उपाध्यक्ष बामदेब गौतममले करिब १ घण्टा बिधुतिय सामाग्री द्वारा शुभकामना र पार्टि एकताको महत्त्वका साथै राजनितिक परिस्थितिको बारेमा सम्बोधन गर्नु भएको थियो ।

144982348_438969737224559_7591872186292713149_n

उक्त कार्यक्रममा अभियन्ताहरु डिल्ली गौतम , अशोक खड्का , मनोज बर्मा , देवि देवकोटाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको । उक्त कार्यक्रममा यज्ञ बहादुर सिंह , अतिराम थारु ,ज्ञानुमाया रिजाल ,रामचन्द्र अधिकारी ,नरहरी पौडेलको उपस्थित रहेको थियो ।

145232805_451475799548692_6307234402839190811_n

सो भेलाले संयोजकमा शर्मा चौधरी , सहसंयोजकमा हरी अधिकारी ,सचिवमा अंगद श्रेष्ठ ,सहसचिवमा बिनोद कुमार परियार , कोषाध्यक्षमा लालप्रसाद खरेललाई अनुमोदित गरेको छ । उक्त घोषणा कार्यक्रममा स्वागत मनतब्य हरिबहादुर अधिकारीले गर्नु भएको थियो भने कार्यक्रम संचालन अंगद श्रेष्ठले गर्नु भएको थियो ।