काठमाडौं,१९ माघ । नेकपाका उपाधक्ष्य बामदेब गौतमका छोरा हरीश गौतमले आफु पार्टी एकता अभियानको पक्षमा सक्रिय रुपमा लागिपरेको बताएका छन ।

अनलाइन सगरमाथा संग कुरागर्दै गौतमले एकता अभियान चलिरहेको बेला आफुलाई कमरेड ओली पक्षमा लागेको भनेर गलत हल्ला पनि चलाई रहेको बेला आफु कुनै पनि समुहमा न लागी पार्टी एकताको नै पक्षमा लागेकोकुरा पनि ब्यक्त गरे । नेकपा बर्दिया जिल्ला कमिटीमा हुदा पनि कुनै पनि गुटमा न लागेको मान्छेलाइ कुनै पक्षमा जोडिनु राम्रो कुरा नभएको बताए ।

आफुलाई मजबुत र एकता भएको पार्टी सधै हेर्न मन भएको र अहिले पार्टी भित्रका नेता र कार्यकर्ता सम्ममा तल्लो स्तरको गालिग्लौजमा उत्रीदा दु;ख लाग्ने गरेको कुरा. ब्यक्त गरे ।

नेता बामदेव गौतले पार्टीलाई रास्ट्रीय एकता अभियान चलाइरहेको बेला श्रीमती तुलसा थापा केपी ओली समुहको केन्द्रीय सदस्यभएको र छोरा हरीश गौतमपनि ओली समुहमा लागेको हल्ला चलेको छ नि भनेर गरीएको प्रश्नमा त्यो कुराको खण्डन गर्दै ओलिसमुहले आमालाई केन्द्रिय सदस्यमा मनोनित गरेको सुन्नमा आएको हो तर उहा पार्टी एकता राष्ट्रीय अभियान सकृय रुपमा लागिराख्नु भएको छ ।

आमाले सपथ खान पनि जानु भएको छैन । कसैले आफु खुशी कमिटीमा राख्छ भने हाम्रो भन्नु केहि छैन । तर हामी सबै पार्टी एकताकै पक्षमा छौ उनले भने ।