काठमाडौं,१९ माघ । काठमाडौंमा अवस्थित रत्नराज्यलक्ष्मी (आर.आर) क्याम्पसका वर्तमान सहित पूर्व स्ववियु सभापतिहरू नेकपाको माधब-प्रचण्ड खेमामा देखिएका छन ।

७० वर्षको सङ्घर्ष, विभिन्न पटकको विभाजनका कारण वामपन्थी आन्दोलन कमजोर भएकाेमा पूर्व एमाले र माओवादी धारकाे विचमा भएकाे एकताले नेपाली कम्युनिस्ट आन्दोलन नयाँ उपलब्धिमा पुगेको र शान्तिपूर्ण क्रान्तिका कार्यभार पूरा गरि समाजवाद निर्माणको बलियाे आधार तयार पारेकाे जननिर्वाचित संसदले विश्वभर नयाँ उत्साह पैदा गरेकाे बेला प्रधानमन्त्रीले संसद विघटन गराउनु प्रतिक्रान्तिकाे पाईला भएकाे उनीहरुकाे ठहर छ ।

पार्टी र सरकार सञ्चालन सम्बन्धी जनताकाे बहुदलीय जनवादी सिद्धान्तको मार्गदर्शन विपरीतकाे कदमले जबजकाे मूलमर्ममाथि नै प्रहार गरेकाे र पुनरुत्थानवादी शक्तिको मनाेवल उठाएकाले प्रधानमन्त्रीको कदमकाे समर्थन गर्नै नसकिने उनीहरुकाे निष्कर्ष छ । सोमबार पुर्व सभापतीहरुको भेटघाट कार्यक्रम मार्फत उनीहरु एउटै खेमामा रहेको जानकारी भएको हो ।

145284009_414141173221550_2875620784559447525_n
पुर्व सभापती : दामोदर अर्याल

सो क्याम्पसमा स्थापनाकालदेखि हालसम्मको स्ववियु सभापतिहरूमा अनेरास्ववियु तर्फका उम्मेद्वारहरु निर्वाचित हुदै आएका थिए । निर्वाचित सभापतीहरु जगन्नाथ खतिवडा २०४३, दामोदर अर्याल २०४५, राजेन्द्रकुमार राई २०४९, राजन बस्नेत २०५१, यज्ञराज सुनुवार २०५३, महेन्द्र राई २०५५, विनाेद मञ्जन २०५७, वालगाेपाल उपाध्याय २०६०, नवराज पाैडेल २०६२, राजकुमार राई २०६५, तपेन्द्र शाही २०७४ हुन । हाल वालगाेपाल उपाध्याय अस्ट्रेलियामा रहेको र राजकुमार राई राष्ट्रपति कार्यालयमा काममा भएकाले माैन रहेको पुर्व सभापती नवराज पौडेलले जानकारी दिए ।