धरान,१९ माघ । प्रेस संगठन नेपाल सुनसरीले सोमबार धरानमा प्रतिगमन विरुद्ध वृहत ¥याली तथा भेलाको आयोजना गरेको छ ।
भेलालाई नागरिक समाज, विभिन्न संघ संस्थाका अगुवाहरुले सम्बोधन गरेकाछन् । कार्यक्रममा धरानका अग्रज पत्रकार हर्ष सुब्बाले प्रतिनिधि सभा विघटन एउटा प्रतिनिधि घटना मात्र भएको वताउदै अव एकपछि अर्को गरेर मौलिक हक समेत प्रतिवन्ध लगाउदै प्रेश माथि नै अंकुश लाग्न सक्ने वताउनु भयो ।
त्यसैगरी जनजाति पत्रकार संघ सुनसरीका सल्लाहकार जनकऋषि राईले संविधानको मौलिक हकको धारा खारेज गरी प्रेसमाथि अंकुश लगाउने प्रयत्न हुने संकेत आएको वताउनु भयो ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले संविधान माथिको हस्तक्षेत्र विरुद्ध नागरकिहरु सडकमा उत्रनु पर्ने अवस्था आएको बताउनुभयो । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले संविधान माथिको हस्तक्षेत्र स्विकार्य नहुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले यतिवेला प्रतिनिधि सभा विघटन भएको त हो नी के भो भनेर चुप लागेर वस्ने अवस्था नआएको वताउदैं आन्दोलनकाे विकल्प नभएको बताउनुभयो ।
नागरिक समाजका डा. राजेन्द्र शर्माले यतिवेला नागरिकसँग दुइवटा विकल्प भएको उल्लेख गर्नुभयो । उहाँले कि निरंकुशतालाई प्रश्रय दिने र त्यसको विरुद्धमा आन्दोलनमा उत्रिने एक मात्र विकल्प रहेको उल्लेख गर्नुभयो । नागरिकलाई संविधान माथिको हस्तक्षेत्रका विरुद्धमा एकढिक्का हुन समेत आग्रह गर्नुभयो ।
प्रदेश सांसद सावित्री श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले एकलौटी अधिकार प्रयोग गरी प्रतिनिधि सभा विघटना गरेको आरोप लगाउदै संविधानको हस्तक्षेत्र विरुद्ध एकजुट हुन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नेकपाका सुनसरी जिल्ला सचिव रमेश बस्नेतले एउटा मान्छेको सनकले मुलुकलाई अघोगतिमा लान प्रमुख कारक भएको वताउनुभयो । ओलीको सनकले मुलुक दुर्घटनातर्फ अघि वढेको उहाँको भनाई थियो ।
प्रेस संगठनका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक राजन केडीले प्रधानमन्त्री केपी ओलीले जनताले वनाएको लोकतान्त्रिक संविधानको धज्जी उडाएको वताउदै अव अभिव्यक्ति स्वतन्त्र र प्रेस स्वतन्त्रतामाथि नै प्रतिवन्ध लगाउन षडयन्त्र भईरहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ प्रदेश नं .१ का महासचिव विवेक गौतमले कोरोनाबाट आक्रान्त वनेको मुलुकलाई आर्थिक रुपमा प्रधानमन्त्री केपी ओलीले चुनावको नाटक गरेर आर्थिक रुपमा धराशायी वनाउनु खोजेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष तथा संगठनका केन्द्रीय सदस्य केशव घिमिरे केन्द्रीय सदस्य गंगा बराल, सल्लाहाकार कमिटी सदस्य भावनी बराल, माननीय उमिता बराइलीलगायतको उपस्थिति रहेको थियो ।
जिल्ला संयोजक श्रीशिशा राईको अध्यक्षतामा भएको कार्यक्रममा भोला श्रेष्ठले स्वागत गर्नु भएको थियो ।
प्रेस संगठनसँग आवद्ध जिल्लाको पत्रकारहरुको उपस्थितिमा भएको भेलाले ६ वुँदे धरान घोषणा पत्र जारी गरेको छ । लोकतन्त्र, स्वतन्त्र रक्षाका लागि संगठनले सशक्त भूमिका निर्वाह गर्ने भेलाले निर्णय गरेको छ । भेला अघि संगठनको व्यानरमा धरानको भानुचोकदेखि सुनसरी उद्योग बाणिज्य संघको कार्यालयसम्म ¥याली निकालिएको थियो ।विजयपुर खवरबाट




















