प्रधानमन्त्री केपी ओलीले कुनै बेला आफ्नो नेता समेत रहनु भएका सहकर्मी नेताहरुको अपमानको शृंखला नै चलाउनु भएको दुनियालाइ थाहा छ । अनि त्यस्तो अपमानको शृंखला चल्दा पनि किञ्चित विचलित नभैकन निरन्तर देश , जनता र पार्टीका असल कार्यकर्ताको पक्षमा उभिने नछोडने ति नेताहरुको पनि नेता हुनुहुन्छ माधव नेपाल ।
आज प्रधानमन्त्रीले असंवैधानिक अलोकतान्त्रिक ढंगले संसद विगठन गरेर नेकपाबाट आफ्नो गुट लिएर वाहिरिए पछि वहाँका केहि दासहरु प्रतिगमनको मैदानमा डटीरहेको नेकपाको नेतृत्व गरिरहनु भएका माधव नेपाल अनि नेकपाको मूल प्रवाहमा रहेका पुर्व एमालेहरुको चिन्ता गरेझैं गरेर विगत एमाले अनि माओवादी भन्ने कुरालाइ इतिहास बनाएर नेकपा बनेको तथ्य भुलेर माधव नेपाल सहित पुर्व एमालेको अपमान भयो , जताततै माओवादी हावी भए भनेर हौवा पिटाइ रहेका छन ।
त्यसो गरेर उनीहरु कुनै कसैको मान अपमानको चिन्ता गरिरहेका छैनन बरु एकतावद्ध नेकपामा विवाद सिर्जना गर्न खोजिरहेका छन , अनि केपी ओलीको गलत चिन्तनलाइ सवै भन्दा पहिला चिनेर त्यसको सुरु देखि प्रतिवाद गर्ने काम गर्दै आउनु भएका माधव नेपाललाइ कमजोर देखाउने , विचरा करार गर्न सकिन्छ कि भन्ने दिवा सपना साकार पार्न खोजिरहेका छन । तर त्यस्तो हुनेछैन , किन ?
किन भने माधव नेपाल वा पुर्व एमालेबाट नेकपा भएका प्रतिगमनको पछि नलागेका सवैको आफ्नो सुनौलो विगत छ , शतीशाल जस्तो इतिहास छ अनि आदर्श जीवनशैली छ जसरि पुर्व माओवादीबाट आएकाहरुको आफ्नै इतिहास छ , त्यसैले कोहि कसैले कसैको अपमान गर्छु भनेर सम्भव हुदैन र अहिले त्यस्तो कोशिस पनि भएको छैन । हेक्का होस , आफुलाइ बादशाह नै ठान्ने केपी ओलीले यथार्थमै अपमान गर्दा त माधव नेपालको आम रुपमा सम्मान बढेको छ , अनि यो पनि हेक्का होस कि केपी ओलीले अपमान गरेर केहि खुइल्याउन नसकेको माधव नेपाल तिनै नेता हुन जसलाई इतिहास देखि वर्तमानसम्म कसैले अपमान गर्न चाहेर पनि गर्न सकेको छैनन ।
र त्यसको पनि कारण छ , माधव नेपाल सधैं जनताको साथ हुनुहुन्छ त्यसैले जनता वहाँको साथ छन , अनि जनताको साथ हुनेहरुलाइ अपमान भयो भन्ने अनि गर्छु भन्ने को हालत कस्तो हुन्छ ? या त इतिहासले थन्क्याएको ज्ञानेन्द्र शाह अनि तिनका मण्डले सेना जस्तो हुन्छ वा भविश्यले थन्क्याउन ठिक्क पारेको केपी ओली र वहाँको टुकडीको जस्तो हुन्छ । तसर्थ , कठैको शैली अपनाएर कथित मान अपमानको गीत गाएर नेकपाको एकता कम्जोर होला कि भन्ने दिवा सपना देख्न र त्यस अनुसार हौवा पिटाउन बन्द गर्नुस ।




















