धनकुटा, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा आधिकारिक रुपमा विभाजन नभएपनि स्पष्ट दुई समूहमा विभाजन भएको छ। नेकपा दुई समूहमा विभाजन भएपछि देशभरि जस्तै नेकपा धनकुटामा पनि को कार्यकर्ता तानातान भइरहेको छ।

त्यही अवसरमा नेकपा धनकुटा राजेन्द्र राई ओली समूहमा लागेपछि धनकुटामा पूर्व एमाले एकतिर, धनकुटाको नेकपा राजेन्द्र राईको नेतृत्व तिर भन्ने हल्ला नचलेको पनि होइन, स्थानीय तहका प्रमुख उपप्रमुख ओली समूहमा लागेर हामी एक ढिक्का भएका छौ पनि भनेकै हुन। ओली पक्षको कार्यक्रममा टोलटोलमा मानिस लिन जनप्रतिनिधी सरकारी गाडि लिएर नपुगेका पनि होइनन।

तर, शनिबार नेकपा प्रचण्ड–नेपाल पक्षले विरोध सभाको आयोजना गर्यो। सो सभामा बोल्ने सबै वत्ताले केपी ओली प्रतिगमनमा लागेको भन्दै चर्को विरोध गरे। सभामा करिब ३ हजारको हाराहारीमा धनकुटेली सहभागि भएका थिए। विरोध सभामा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य वर्षमान पुन, स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज भीम आचार्य, केन्द्रिय सदस्य रामकुमारी झाक्री, प्रदेश १ का अध्यक्ष घनेन्द्र बस्नेत, सचिब सुरेश कुमार राई, केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज हेमराज भण्डारीले सम्बोधन गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिबालय सदस्य तथा प्रचार विभाग प्रमुख अर्जुन राईले राखेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला कार्यलय सदस्य दुर्गा लिंखाले गरेका थिए। विरोधसभा हुनुअघि नेकपाको प्रचण्ड–नेपाल समूहले स्थानीय भीमनारायण चोकदेखि भीमसेन थान, परिचयमोड, चुवाको बोट, मदन चोक हुँदै सभास्थलसम्म विरोधर्यालीको आयोजना गरेको थियो।




















