काठमाडौं, ७ फागुन । नेकपा नेता एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले विभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै नेता गौतमले ‘वर्तमान सरकारको गृहमन्त्री बनेर बामदेव जाँदैछन्’ भन्ने समाचार गलत र भ्रामक भएको भन्दै खण्डन गरेका हुन् ।

उनले सञ्चारमाध्यममा आएका समाचार दुराशयुक्त भएको समेत आरोप लगाएका छन् । उनले लेखेका छन्– ‘मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ।
केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने गलत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ ।’ सामाजिक सञ्जालबाटै उनले भ्रामक समाचारलाई विश्वास नगर्न आग्रह समेत गरेका छन् । दृष्टी बाट


