काठमाडौं,१२ फागुन । नेपाल कम्युनिष्ट पार्टी,पार्टी एकता राष्ट्रिय अभियान केन्द्रिय सम्पादन समितिको आकस्मिक वैठक सम्पन्न भएको छ । बुधबार पार्टी उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक .वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले निम्नकुराहरु निर्णय गरेको ।

अभियानका केन्द्रिय सचिव बाबुराम थापाद्वारा प्रेस वक्तव्यद्वारा ४ ओटा बुदामा निर्णय भएको जानकारी गराइएको छ । पहिलो निर्णय गत पौष ५ गते नेपाल सरकारले गरेको प्रतिनिधि सभा विगठनको असंवैधानिक तथा प्रतिगामी कदमको विपक्षमा सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागत गर्ने निर्णय गरेको छ ।

साथै पहिले देखिनै भन्दै आएको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले संवैधानिक सर्वोच्चता कायम भएको ठहर गर्यो भन्ने निर्णय गरेको छ । त्यसैगरी निर्णय नम्बर २ मा वर्तमान राजनीतिक घटनाक्रमले पार्टी एकताको अनिवार्यता र औचित्यता झन पुष्टी भएको छ । तसर्थ पार्टी एकताका लागि दृढता पूर्वक लाग्न नेकपाका सम्पूर्ण नेता,कार्यकर्ता,समर्थक एवम शुभचिन्तकलाई आवहन गर्ने निर्णय गरेको छ ।

निर्णय नबर ३ मा पार्टी एकता अभियानको संगठित संरचना केन्द्र देखि प्रदेश,जिल्ला,स्थानिय पालिका र वडा स्तर सम्म निर्माण गरि एकताको लागि दवाद श्रृजना गर्ने निर्णय गरेको छ । निर्णय ४ मा देश व्यापी रुपमा पार्टी एकताको लागि दवाव स्वरुप हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ ।