रामधुनी । इटहरी उप–महानगरपालिकाका मेयर द्धारीकलाल चौधरी जनतावाट सम्मानित भएका छन । पछिल्लो समय पत्रकार माहासंघ र कर्मचारी युनियन वाट विवादित भएका मेयर चौधरी जनताबाट सम्मानित भएका हुन ।

नेपालगंजमा आयोजना भएको वातावरण सम्वन्धि कार्यक्रममा सहभागि हुन इटहरीवाट निस्किएका मेयर शुक्रवार फर्कने कार्यक्रम थियो । सांझ वुद्ध एयरको विमानवाट बिराटनगर बिमानस्थलमा अवतरण गर्ने बित्तिकै मेयरको सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा ’मेयर साव नआत्तिनुहोस तपाईको पक्षमा हामी छौँ’, ’भ्रष्टाचारी होसीयार’, ’जथाभावि कलम चलाउन पाँईदैन’ लगाएतका नारा लगाएका थिए ।

विमानस्थलमै सम्मानित भएका मेयर चौधरीलाई वाटोमा सम्मान गर्ने पनि उत्तिकै थिए । राती नगरपरिसर आइपुगेका मेयर चौधरीलाई नगर परीरमा पनि सम्मान गर्न जनता उत्तीकै थिए । यसरी जनतावाट सम्मानित भएका मेयर चौधरीले बिराटनगर बिमानस्थलमा भने, ’मेरो अभियानमा जनता छन, म जनताको कार्यमा समर्पित छु ।

भ्रष्टाचार वाट आजित भएका जनता सहयोग गर्न र भेरो अभियानलाई साथ दिन भने सम्पुर्णलाई अनुरोध गर्दछु ।’ एता पत्रकार महासंघले भने नगरपालिकाको कार्यक्रममा कुनै पनि सहभागिता नजनाउने भने पनि हामी भने जनताको सुचना प्राप्त गर्ने अधिकार हनन् नहोस भनेर बिमानस्थलमै पुगेका थियौँ ।