काठमाडाैँ,१ चैत्र । नेकपा एमालेभित्रको विवादले गहिरो रुप लिँदै गरेको अवस्थामा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई चियापानको निम्तो पठाएका छन्। ओलीको सचिवालयले नेपाल–खनाललगायत शीर्ष नेताहरुलाई चैत्र ३ गतेका लागि चियापानको निम्तो पठाएको हो।
माधव नेपाल र झलनाथ खनाल पक्षले आगामी ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ। भेलाको अघिल्लो दिनका लागि बालुवाटारमा चियापानको आयोजना गरिएको हो। ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले एसएमएसमार्फत शीर्ष नेताहरुलाई चियापानको निम्तो पठाएका हुन्।
आगामी ७ गतेका लागि ओलीले बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएका छन्। असन्तुष्ट पक्षले सो बैठकमा नजाने बताउँदै आएका छन्। ३ गतेका लागि बोलाइएको चियापानमा असन्तुष्ट पक्ष सहभागी होला या नहोला भन्नेमा सबैको चासो छ। लोकपाटी बाट


