काठमाडौं,७ चैत्र । नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागी भएका उपाध्यक्ष वामदेव गौतम पार्टी केन्द्रीय कमिटीको बैठकमा भने सहभागी भएनन् ।

गौतमले फागुन २८ गते एकपक्षीय ढंगबाट गरिएको केन्द्रीय कमिटीको निर्णय सँच्याएर एकताको पहल गर्न माग गर्दै बैठकमा नगएको बताएका छन् ।

अहिले एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको केन्द्रीय सदस्य तथा प्रमुख सचेतक नेता विशाल भट्टराईले बताए। संसदीय दलबाट सर्वसम्मत पारित भएको विधान केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरिने उनले बताए।

ओलीले बोलाएको बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहका कुनै नेताहरू सहभागी छैनन्।थाहा खबरबाट