काठमाडौं,११ चैत्र । प्रधानमन्त्री केपी ओलीले थापाथली हाइटस्थित सन्जय अग्रवालकाे घरमा सर्न लागेको नेकपा (एमाले) काे नयाँ पार्टी कार्यालय अवलोकन गर्नुभएको छ ।

163714948_3954531737941537_18175975225798540_n (1)

बल्खूस्थित आफैले बनाएको कार्यालय भवन ०७२ को भूकम्पले ढालेपछि पासाङ्ग ल्हामु प्रतिस्ठानको नाममा पर्यटन ब्यवसायी सोनाम र आङ्गछिरिङ्ग शेर्पाद्वारा निर्मित भवनमा पार्टीका काम सन्चालन हुँदै आएको थियो ।

UML-New-Office UML-Office-New 1616571341_pm-thapathali

धुम्बाराहीको त्यही घर पनि चक्रपथ परिक्रमाकाे सडक बिस्तार भइरहेकाेले अावत जावतमा समस्या देखिएपश्चात् पार्टी कार्यालय थापाथली हाइटकाे पुरानाे युएन कार्यालय रहेकाे घरमा सर्न लागेको हो ।

उक्त भवन साढे २ तले र कोठा १३ वटा रहेकाे छ। पार्टी कार्यालय सार्ने बिषयमा सम्झाैताका लागि प्रधानमन्त्री केपी शर्मा ओली सवा बाह्र बजे त्यहाँ पुग्नुभएको हो । उहाँले त्यहीँ विभिन्न कलेजका प्राविधिकहरुले बनाएको राेबोटसमेत हेर्ने कार्यक्रम छ ।