काठमाडौं,२१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा देशभरका १ सय ६५ वटा सडक शिलान्याशको कार्यक्रममा यस्तो बताएका हुन्।

ओलीले आफूले गरेको काम चित्त नबुझे सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह समेत गरे। उनले कांग्रेसले राजीनामा मागेको विषयलाई हल्का रुपमा लिएको संकेत गर्दै राजीनामाका लागि पहिला माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सुझाव दिए।

ओलीले भने, ‘दिनैपिच्छे राजीनामा माग्नै पर्दैन समर्थन फिर्ता लिइदिए भइगयो नि ।’ प्रधानमन्त्री ओलीले भने, ‘राजीनामा कति दिन दिने हो ? एक दिन एउटा राजीनामा आइहाल्छ नि ! हटाउन न त समर्थन फिर्ता ल्याइदेउ राजीनामा आइहाल्छ नि ।’ सञ्चारमाध्यमले मेलम्चीको पानी काठमाडौँमा आएको नदेखेको तर कांग्रेसले राजीनामा मागेको विषयलाई उचालेको आरोप लगाए। लोकपाटी बाट