काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन्।
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिदै आएको छ। सरकारले प्रदान गरेको उक्त पदकमा भने सरकारले गत वर्ष अनुमोदन गरेको चुच्चे नक्सा सहितको नयाँ नक्सा राखिएको छैन।
सामाजिक पदक पाउनेहरुले उक्त पदक सामाजिक सञ्जालमा राखेपछि उक्त विषयले चचाृ पाइरहेको छ। तर यस विषयमा गृहमन्त्रालयले भने, यो पोहोर सालकै पदक रहेको र पोहोर पदकमा पहिल्यै छापिएर आइसकेकाले चुच्चे नक्सा सहितको नयाँ नक्सा राख्न नमिलेको दाबी गरेको छ।
गृहमन्त्रालयका अनुसार पदक लिन बाँकी रहेकाहरुलाई वैशाख १ गते नयाँ नक्सासहितको पदक प्रदान गरिने छ।लोकपाटी बाट




















