काठमाडौं, ९ जेठ । अतिक्रमित सरकारी जग्गाबारे छानबिन गर्न सरकारले गठन गरेको छानबिन आयोगलाई ६ महिनाको म्याद दिंदै मन्त्रिपरिषदले विभिन्न १६ निर्णयहरु गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त जानकारी गराएका छन् । बैसाख २३ को मन्त्रिपरिषद् बैठकले गरेको निर्णय तीन सातापछि मात्रै आज सार्वजनिक गरिएको हो ।
मन्त्रिपरिषदको वैठकले जापान सरकारबाट प्राप्त हुने करिब २५ करोड ६० लाख अनुदान सहायता सरकारले स्वीकार गर्ने निर्णय गरेको समेत सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी गराएका छन् ।
हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरु


