काठमाडौं,१० बैशाख । शुक्रबार बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीले स्थायी कमिटी पुनर्गठन गरेको छ । स्थायी कमिटीमा गृहमन्त्रीसमेत रहेका माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा (बादल) लाई चौथो वरियतामा राखिएको छ ।
स्रोतका अनुसार एमालेमा चौथो वरियता तय गरिएपछि बादल असन्तुष्ट देखिन्छन् । आफूलाई चौथो वरियतामा राख्ने ओलीको योजना बादललाई केही दिनअघि नै थाहा थियो । त्यसपछि बादलले ओलीसँग सीधा कुरा गर्न चाहेका थिए, तर ओलीले वामदेव गौतम र ईश्वर पोखरेलले नमानेको प्रतिक्रिया दिए ।
‘एमाले नै भएपनि पार्टी पुरानो ढंगको होइन, अध्यक्ष ओलीले एकताको स्पिरिट कायम गर्न सक्नुपर्थ्यो,’ बादलको सचिवालयले भने अनुसार , ‘त्यतिबेलै पार्टीका सबै जनवर्गीय संगठनमा ३० प्रतिशत ठाउँ दिने सहमति भएको थियो । अहिले त्यसको पनि कार्यान्वयन भएको छैन ।’
ओलीको यो निर्णयले बादल मात्र होइन, उनीनिकट नेताहरूलाई पनि रुष्ट बनाएको छ । बादलनिकट केही युवाहरूले ओलीको साथ यसअघि नै छाडिसकेका छन् ।
तत्कालीन एमालेको ओली समूहमा लागेका बादल अदालतले एमाले ब्युँताउने निर्णय गरेपछि पनि एमालेमै रहे । बादल ओलीतिर लाग्दा आफ्ना राजनीतिक सल्लाहकार सूर्य थापाले समेत साथ दिएका थिएनन् ।परिपाटी दैनिकबाट




















