काठमाडौं, २८ बैसाख । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् ।
नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् । पूर्व मन्त्री समेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबी समेत गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने छ ।’

भारतीय राज्यसभा सदस्य समेत रहेका स्वामीले यसअघि ११ फागुनमा संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई सुखद खबरको संज्ञा दिएका थिए । त्यतिबेला ट्वीट गर्दै उनले भनेका थिए, ‘नेपालबाट सुखद समाचार । नेपाल सर्वोच्च अदालतले संसदको विघटन रद्द गर्यो र संसद् पुनर्जीवित गर्न १३ दिन दिएको छ । नेपालका लोकतान्त्रिक नेताहरू मसँग नियमित सम्पर्कमा छन् । र, मलाई आशा छ त्यहाँको प्रजातन्त्र पुनर्स्थापित हुनेछ । त्यसो भएमा भारत–नेपालबीचको सम्बन्ध सुध्रन सक्छ ।’नयापेज बाट




















