काठमाडौं,१४ असार । नेकपा एमालेका नेता रामप्रसाद रिजालले एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री कमरेड माधवकुमार नेपाल पार्टी एकताको पक्षमा रहेको बताएका छन ।अनलाइन सगरमाथासँग कुरा गर्दै नेता रिजालले यस्तो बताएका हुन । नेता रिजालले भने, ‘नेपाल ज्यू संग फोन संवाद गरे नेता नेपाल एमाले पार्टी एकताको पक्षमा हुनुहुन्छ, उहाँ एमाले मात्र होइन समग्र कम्युनिस्ट पार्टीहरू नै एकताबद्ध बनाएर लैजाने मनशायमा हुनुहुन्छ ।’ एमाले एकताको लागी ओलीले प्याकेजमै सहमति गर्नुपर्ने र एक व्यक्ति एक पदमा जाने हो भने पार्टी एकता हुनेमा कसैले रोक्न नसक्ने भन्दै नेता नेपालको आशय रहेको रिजालले बताए ।

नेता नेपाललाई उदृत गर्दै रिजालले भने, ‘प्रधानमन्त्री र अध्यक्ष मध्ये एउटा पद ओलीले छोड्नू पर्ने उहाँ (नेपाल) को तर्क छ ।’ साथै पार्टीलाई विधिः पद्धतिमा नहिडाई ओलीले मनपरी तरिकाले कम्युनिस्ट पार्टीलाई भाडमा लैजानु खोज्ने ओलीले जति बेला पनि जालझेल तथा नक्कली कुरा गर्ने ओलीको किर्ते प्रवृत्ति नै एमाले एकता को बाधक भएको नेता नेपालले बताएको रिजालले उल्लेख गरे ।

उनले भने, ‘अहिलेको लडाई पदको होईन पार्टी लाई विधिः पद्धतिमा चलाउनु हो लोकतांत्रिक व्यवस्था लाई बचाउनु हो त्यसको लागि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु राष्ट्रीय आवाश्यकता भएको नेता नेपाल को भनाई छ ।’ नेता नेपाल एमाले पार्टी एकता कम्युनिस्ट आन्दोलन र संघीय लोकतांत्रिक व्यवस्था जोगाउन गम्भीर भएको आफुले पाएको नेता रिजालले बताए । अहिलेको व्यवस्था जोगाउन र ओलीको हैरान अत्याचार बाट मुक्त हुन ओलीलाई जसरी पनि हटाई मुलुकलाई बचाउन आफ्नो पक्ष ओली विरोधी गठबन्धनमा जानु राष्ट्रीय आवश्यकता भएको रिजालले बताए । आफु जस्तो सुकै मूल्य चुकाएर भए पनि देश जनता गणतंत्रलाई बचाएर छोड्ने नेता नेपालको धारणा रहेको रिजालले जानकारी दिए ।