लण्डन । यात्रुले खचाखच भरिएको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)को एक उडानमा सवार एक महिला यात्रीले आपातकालीन निकास द्वारलाई शौचालय सम्झिएर खोलेपछि तनावको स्थिति उत्पन्न भएको हो ।

पाकिस्तान राष्ट्रीय विमान कम्पनिका अनुसार शनिवार बिहान म्यान्चेस्टर हवाई अड्डाको रनवेमा थियो । जसक्रममा एक महिलाले नजानेर एक बटन दबाइन्, जसकारण आपातकालीन निकास द्वार एक्कासी खुल्न पुग्यो ।

सो घटनाको कारण उडान पीके ७०२ ७ घण्टा ‘डिले’ हुन पुगेको पीआईएका एक प्रवक्ताले बताए । आपातकालीन निकास द्वार खोलिएपछि विमानमा रहेका ४० यात्रुहरुलाई मानक संचालन प्रक्रिया अपनाएर सामान सहित विमानबाट उतारिएको बताइएको छ ।

विमानबाट उतारिए पश्चात तत्कालै यात्रुहरुलाई होटलमा बस्ने व्यवस्था गरिएको र पछि अन्य उडान मार्फत गन्तव्य तर्फ पठाइएको पीआईएले जानकारी दिएको छ ।