✍️ बद्री अर्याल 

इटहरी,४ पुस । नेकपा एकीकृत समाजवादीले इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान सञ्चालनमा ल्याइएको छ।

नेकपा एस इटहरीका इन्चार्ज केवल फुयाँलका अनुसार आधारभूत वर्गमा कम्युनिस्ट पार्टीको सङ्गठन निमार्ण सँगै इटहरी उपमहानगर क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एसको अभियान सञ्चालनमा ल्याइएको हो। इन्चार्ज फुयाँलले गाउँ टोलमा बसोबास गर्ने सबै तह र तप्का समुदायको नेकपा एसमा आबद्ध हुने ठुलो सङ्ख्या रहेकाले अभियान अन्तर्गत एक घर एक सदस्य बनाएर सबैलाई पार्टीको विभिन्न तहमा जिम्मेवारी दिन थालिएको बताए।

269303356_427971325454300_3025531685735214333_n

फुयाँलका अनुसार इटहरीमा पार्टीको चुनाव चिन्ह सबै जनतासम्म पुर्याउने हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान सञ्चालन गरिएपछि दैनिक सयौँको सङ्ख्यामा टोल बस्तीका स्थानीयहरू पार्टीमा समावेश भई सङ्गठित हुन थालेका छन् । नेकपा एस इटहरीका अध्यक्ष गणेश बुढाथोकीले इटहरी क्षेत्रमा विद्यार्थी, युवा, महिला, मजदुर, खेलाडी, किसान, बुद्धिजीवी, व्यापारी, दलित, मधेसी, मुस्लिम लगायत सबै वर्गको प्रतिनिधित्व हुने गरी सङ्गठन निमार्ण अभियान सञ्चालनमा ल्याएपछि नेकपा एसमा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएको दाबी गरे ।

266993762_423979219186844_3192479892533732310_n

अध्यक्ष बुढाथोकीका अनुसार विभिन्न राजनीतिक दल परित्याग गर्ने र एमालेबाट विद्रोह गरी नेकपा एसमा आउने दैनिक सयौजना भएकाले सबैलाई विभिन्न जनवर्गिय सङ्गठन र पार्टीको टोलदेखि माथिल्लो कमिटीसम्म व्यवस्थापन गरी जिम्मेवारी दिने गरिएको छ ।

यसैगरी इटहरी उपमहानगर १४ नं वडामा सुघनी चौधरीको अध्यक्षतामा कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा रुपा मेहता, सितल पासवान सचिव सञ्जय पासवान, उपसचिव सन्तोषी पासवान र सावित्रा दाहाल आर्थिक विभाग प्रमुख लक्ष्मी नेवार रहेका छन् । यसैगरी कमिटीको सदस्यहरूमा ज्योति चौधरी, बविता पासवान, माया तामाङ, जिरीमाया तामाङ, राजु पासवान, रेखा पासवान, देवकुमारी चौधरी, राधादेवी पासवान, अजय पासवान, चरणवत्ती चौधरी, चन्द्रकला पासवान, कन्की चौधरी र सक्कल पासवान रहेका छन्।