काठमाडौं,१५ फागुन । व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी नेकपा (माओवादी) केन्द्रका चार नेताले असहमति जनाएका छन् ।
यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो । बैठकमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको पार्टी स्रोतले जानकारी दिएको छ ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको पक्षमा उभिने निर्णय गरेको छ । आज बिहान खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो ।
अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा सहमति गर्न आज आइतबार सत्ता गठबन्धनका चार दलका शीर्ष नेताबीच छलफल हुँदैछ । त्यसका लागि नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्ने क्रम शुरु भएको छ ।



















