बिर्तामोड,१६ फागुन । झापा बिर्तामोडका भीष्म  पौडेलले नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन । झापामा नेकपा एसभित्र प्रभावशाली मानिएका पौडेलले पार्टी एमसीसीको पक्षमा उभिएपछि पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पौडेलले आज विहान सामाजिक सञ्जाल मार्फत नेकपा एसबाट अलग भएको घोषणा गरेका हुन् । पौडेलले आठ दिनअघि नै पार्टी एमसीसीको पक्षमा उभिए पार्टी परित्याग गर्ने बताएका थिए ।

एमालेमा रहँदा माधव नेपाल समूह पक्षधर भएका काम गरेका पौडेल एमाले छोडेर नेकपा एसको राजनीतिमा सक्रिय भएका थिए । जिल्लामा एसको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरिरहेका पौडेलले पार्टी परित्याग गरेसँगै उनका सहकर्मीहरु पनि पार्टी परित्याग गर्ने मोडमा पुगेका छन् ।