काठमाण्डौँ,१७ फागुन । नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एस पार्टी एमसीसी अनुमोदन गरेर सत्ता टिकाउँने खेलमा लागेको भन्दै देशभरका नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्यागको घोषणा गर्न थालेका छन् । माधव नेपालका कारण मुख देखाउँनै नसक्ने अवस्था भन्दै समाजिक संजालका माध्यमबाट पार्टी त्यागको घोषणा गर्न थालेका हुन ।
केहि दिन अघि सम्म सरकार जे सुकै होस् हामीलाई केहि मतलव छैन तर एमसीसीको पक्षमा भोट हाल्न सकिन्न भनेर बोल्दै हिड्ने एस पार्टीका अध्यक्ष माधव कुमार नेपाल अन्तिममा आएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको पुच्छर बनेर एमसीसीको पक्षमा उभिएको भन्दै देशभरका कार्यकर्ता आक्रोसित भएका छन् ।
एस पार्टीका कार्यकर्ताहरुले अहिले धमाधम समाजिक संजालका माध्यमबाट पार्टी त्यागको घोषणा गर्न थालेका छन् । केहिले आफ्नो मूल घर एमालेमै फर्किएको घोषणा गरेका छन् भने केहिले अर्को पार्टीको आवद्धता नखुलाए पनि एस पार्टी भने छोडेको घोषणा गरेका छन् ।
यसै विच नेकपा एसका प्यूठान जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईले एमसीसीको पक्षमा उभिने पार्टी निर्णय प्रति खेद प्रकट गर्दै पार्टी नेतृत्वको भण्डाफोर गरेका छन् । हलुवाईले एमसीसीको पक्षमा उभिने पार्टी निर्णयका कारण जनतामा मुख देखाउँन समेत गारो हुने अवस्था आएको बताएका छन् ।
व्याख्यात्मक टिप्पणी भनेर गरिएको कथित टिप्पणीको सम्झौताको सन्दर्भमा कुनै औचित्य नहुने भन्दै उनले त्यसको भ्रममा आफु नपर्ने प्रष्ट पारेका छन् ।’ गठबन्धन , सभामुख र १४ जना सांसदको पद जोगाउँनका लागी एमसीसीको पक्षमा उभिने पार्टीको निर्णय खेद जनक छ’ । उनले भनेका छन् ।
केवल सत्ता स्वार्थका लागी मात्रै एस पार्टी एमसीसीको पक्षमा उभिएको जिकिर गर्दै यस्तो हर्कतको पछि लाग्न नसकिने उनले प्रष्ट पारेको छन् । आफैँले राष्ट्रघाती भनेको सम्झौता रातारात कसरी राष्ट्रहितमा भयो ? भनेर उनले स्तब्ध हुँदै प्रश्न सोधेका छन् ।
एस पार्टी परित्याग गरेको घोषणा गरिनसके पनि अब उक्त पार्टीमा आफ्नो पार्टीमा आफ्नो यात्रा सकिएको जनाउ उनले दिएका छन् । उनले अब कुन पार्टीमा जाने भन्ने बारे खुलाएका छैनन् । प्राप्त सूचना अनुसार उनले ठूलै दलबल सहित नेकपा एमाले प्रवेशको तयारी गरेका छन् ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य सुर्य थापाको गृह जिल्ला समेत रहेको प्यूठानको एस पार्टीका उपाध्यक्ष रहेका हलुवाईले एमालेमै फर्कने तयारी गरेको बताइन्छ । अहिले पनि प्यूठानमा प्रभावशुन्य अवस्थामा मात्रै एस पार्टी रहेको र त्यसमा पनि ठूलो पहिरो जान लागेको खबर छ।



















